नवनिर्वाचित राष्ट्रपतिलाई गैरआवासीय नेपाली संघको बधाई

एचकेनेपाल डट कम – गैरआवासीय नेपाली संघले नवनिर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीलाई हार्दिक बधाई दिदै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ।

संघका अध्यक्ष शेष घलेद्वारा एक बिज्ञप्ति जारी गरी गैरआवासीय नेपाली संघ एवं आफ्नो ब्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनुभएको छ। राष्ट्रपतिको कार्यकालमा मुलुक एक सम्बृद्ध राष्ट्रको रुपमा अगाडी बढ्ने गैरआवासीय नेपालीहरुले आशा एवं बिश्वास लिएको घलेले बताउनुभएको छ।

‘नेपाल राष्ट्रको प्रथम महिला राष्ट्र अध्यक्षको रुपमा र अहिलेको संवेदनशील घडिमा एक महत्वपूर्ण तथा चुनौतिपूर्ण भूमिका लिनु भएकोमा तपाईलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु।’ अध्यक्ष घलेले जारी गरेको बिज्ञप्तिमा भन्नुभएको छ– सम्माननीय राष्ट्रपतिज्यूको कार्यकालमा नेपालले एक समृद्ध राष्ट्रको रुपमा विश्व सामु आफ्नो पहिचान राख्न सकोस्।’

भण्डारीको जित नेपालजस्तो महिला शसक्तिकरणको अभाव रहेको मुलुकका लागि झनै प्रेरणादायी रहेको बताउनुभएको छ। ‘राष्ट्र निर्माणको यात्रामा जनसंख्याको आधा हिस्सा रहेको महिलाको शक्ति र सम्भावनाको पूर्ण उपयोग हुन नसकेको हाम्रोजस्तो मुलुकमा यहाँको जित ठूलो समुदायका लागि प्रेरणाको स्रोत हुने हाम्रो बिश्वास छ।’ उहाँले भन्नुभएको छ।

गैरआवासीय नेपाली संघले हालै सातौ बिश्वसम्मेलन सफलतापूर्वक सम्पन्न गरी राष्ट्र पुन:निर्माणमा साझेदारी गर्न सुरुवात गरेको जानकारी गराउँदै अध्यक्ष घलेले गैरआवासीय नेपाली संघ सदाझैं मुलुकको सम्बृद्धिमा सहयोग र सहकार्य गर्न तत्पर रहेको बताउनु भएको छ।





Comments

comments

Leave a Reply

9301