Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘न्यु फेस पोखरा २०१५’ को ग्रान्ड फिनाले कार्तिक १९ गते पोखरा सभागृहमा हुदै

अनिता भुजेल / एचकेनेपाल डट कम –
पोखरा, डस्ट एण्ड रक्सको प्रस्तुतिमा नेपालको सुन्दर शहर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा नगरीको पोखरा सभागृह हलमा यहि आउदो कार्तिक १९ गते “न्यु फेस पोखरा २०१५” को ग्रान्ड फिनाले हुने भएको छ।

जम्मा दश जना प्रतियोगीहरु अन्तिम छनौटमा पर्न सफल यस सौन्दर्य प्रतियोगितामा संख्यात्मक भन्दा पनि गुणात्मक प्रतिभालाई बढी ध्यान दिएर कार्यक्रमलाई उत्कृष्ट तबरले एक प्रतिभावान र सक्षम मोडलहरुको उत्पादन गरि सम्पन्न गर्न आयोजक टिम लागि परेका छन्।

कार्तिक १९ गते पोखरा सभागृह हलमा हुन लागेको “न्यु फेस पोखरा २०१५” को ग्रान्ड फिनालेमा उपाधिको लागि तारा श्रेष्ठ, बर्षा जिसी, सुष्मिता जिसी, अनु रेग्मी, रोजिना गुरुङ, संगम राइ, शोभा श्रेष्ठ, बिना राना, सुष्मा लामिछाने र बिदिता महर्जन प्रतिस्पर्धा रहेका छन्।

प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाई अझ मजबुत बनाइ प्रतियोगीहरुको सौन्दर्यलाई निखारता प्रदान गर्दै भबिष्यमा आत्मानिर्भर बनाउन आयोजक डस्ट एण्ड रक्स लागि परेको आयोजक बिकाश राना तथा जनार्दन लामिछानेले बताएका छन्।

कोरियोग्राफर अरुण गिरिले कोरियोग्राफी गरि रहेको यस सौन्दर्य प्रतियोगितामा डिजाइनरहरुमा छम सारु मगर र हिना गुरुङ रहेका छन् त्यसै गरि फोटो र भिडियोको लागि डस्ट एण्ड रक्सका प्रवेश पौडेल, दिनेश कार्की र सुर्य रोका छन् भने कार्यक्रम सहयोगीमा अनिता भुजेल र धर्मेन सिंह रहेका छन्।

“न्यु फेस पोखरा २०१५” सौन्दर्य प्रतियोगिताको लागि काठमाडौँबाट आर्जे/मोडेल कला सुब्बा र सञ्चारकर्मी/समाजसेवी सुर्य चन्दको समेत सहभागिता रहने कुरा आयोजक टिमले बताएको छ।





Comments

comments

Leave a Reply

9339