Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङ जहाँ जान्छन् त्यहाँ हुन्छ एभ्रीथिङ (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
डेनमार्क। युरोप टुरको सिलसिलामा डेनमार्क आईपुगेका गायक राजेशपायल राईले अक्टोबर ३१ तारिखका दिन आरहुस शहरमा भव्य प्रस्तुती दिएका छन्।

नेपाली कम्युनिटी डेनमार्कले आयोजना गरेको कार्यक्रममा नेपाली दर्शकमात्र नभएर डेनिस (डेनमार्क)बासीको पनि बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा राईले चमत्कारिक शो प्रदर्शन गरे।

कार्यक्रममा मेघास्टार राईले फूलैफूलको मौसम तिमीलाई, शिरै फूल शिरबन्दी, मोहनी लाग्ला है, धरान धनकुटा, नौजाले मायाले, दिक्तेल बजार, दर्शन नमस्ते, नाई नभन्नुलगायत दर्जनौं गीतले भरपूर आनन्द दिए।

कार्यक्रम आयोजक ईन्द्र सापकोटा र माया सुवेदीका अनुसार उक्त कार्यक्रममा उठेको रकम नेपालमा गएको विनाशकारी भूकम्पपीडितलाई सहयोग गरिने छ। यस कार्यक्रमपछि राई अब पोर्चुगलको लागि प्रस्थान गर्दैछन्।


थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

9350