Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डा. रामवरण सम्धी बनेर फेरि शीतल निवास छिर्ने !

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन्। नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ कि, दुई पार्टीका शीर्ष नेताहरु जो राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगे उनीहरुबीच पारिवारिक नाता गाँसिदैछ।

कांग्रेस र एमालेका धेरै नेताहरुलाई समेत थाहा छैन। रामवरण र विद्या भण्डारी सम्धी सम्धिनी बन्दैछन् । स्रोतका अनुसार दुवै परिवार चाँडै औपचारिक सम्बन्धमा बाँधिदैछन् । यो अनौठो सम्बन्ध निवर्तमान राष्ट्रपति रामवरण यादवका नाति र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरीबीच बिहे हुन लागेको हो । रामवरण यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका कान्छा छोरा र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुसुम प्रेम सम्बन्धमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

यी दुवै परिवारबीच विगत केही समयदेखि न्यायो र निकट सम्बन्ध रही आएको बताइन्छ। सम्भवतः यसै वर्ष बिहे हुने भएको छ। यो विहेले दुई फरक राजनीतिक परिवारलाई एकै भान्सामा जमघट गराउने मात्र होइन, दुई फरक समुदायलाई पनि एक ठाउँमा ल्याउने समाचार साँघु साप्ताहिकले छापेको छ।

राष्ट्रपति निर्वाचनका किन किरण यादव र ज्ञानेन्द्रबहादुर कार्कीलाई कांग्रेस सांसदहरुले भोट कसलाई हाल्ने भन्दै जिस्काएका समेत थिए। किन कि किरण यादव विद्याकी हुनेवाला सम्धिनी हुन् भने ज्ञानेन्द्रबहादुर कार्की विद्या भण्डारीको आफ्नै फुपूका छोरा दाजु नाता हुन्।





Comments

comments

Leave a Reply

9371