बाबुरामको पार्टीमा एमाले नेतृसहित अरु को को छन्?

काठमाडौं – देश जटिल परिस्थितिमा पुगेका बेला एमाओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले बनाउन लागेको नयाँ शक्तिमा अवकाशप्राप्त गुमनाम जस्तै भएर बसेका पूर्वप्रशासक, पूर्वराजदूत, जनताबाट तिरस्कृत र आउटडेटेड राजनीतिक व्यक्तिहरुले मात्र साथ दिने देखिएको छ।

०७२ कात्तिक १५ गते बाबुरामले नयाँ शक्ति गठनको लागि डाकेको बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको भेलामा पार्टी चहार्दै हिँड्ने रामचन्द्र झा, रामकुमार शर्मादेखि प्रभु साहलगायतको उपस्थित रहेको समाचार आजको दृष्टि साप्ताहिकमा छ।

गालीगलौज गर्न खप्पिस सिके लालदेखि खगेन्द्र संगौलासम्म र जातिवादी नेताहरुको उपस्थित बाबुरामको भेलामा थियो। बाबुरामको भेलामा नेपाली कांग्रेसका प्रदिप गिरी, दमननाथ ढुंगाना, एमालेकी रामकुमारी झाक्री पनि उपस्थित भएका थिए।

बाबुरामले बनाउने नयाँ शक्तिको बारेमा छलफल गर्न बोलाइएको भेलामा एमालेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, रवीन्द्र अधिकारीहरुलाई बोलाइएको भए पनि उनीहरु गएनन्। एमालेबाट बाबुरामको भेलामा महिला नेतृ झाँक्रीमात्र गएकी थिइन्।

नेपाली कांग्रेसका प्रदीप गिरी सहभागी हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। गिरीमात्र होइन, गगन थापा पनि बाबुरामको नयाँ शक्तितिर आकर्षित हुने चर्चा भइरहेको छ। तर, थापा कात्तिक १५ को भेलामा उपस्थित भएनन्।





Comments

comments

Leave a Reply

9383