Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पशुपति मन्दिरमा गाईको टाउको !

काठमाडौं – नयाँ संविधान जारी भएर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख निर्वाचित भइसके तर संविधान निर्माणका कथा पुरानै भएका छन्।

संविधान मस्यौदाको अन्तिम तयारी भइरहँदा राष्ट्रिय जनावर र राष्ट्रिय रंग के राख्ने भन्नेमा विवाद भयो। सभापति कृष्ण सिटौलाले १६ बुँदे सहमतिका विषयबाहेक अरु सबै अन्तरिम संविधानअनुसार नै हुने बताए। सिटौलाको यो प्रस्तावले एकछिन हंगामा भयो।

सीता नेपालीलगायत माओवादी सभासद् ‘गाईलाई राष्ट्रिय जनावर बनाउन हुन्न–हुन्न भन्दै जंगिए। यतिबेला रातको ९ बजेको थियो। उनीहरु यही विषयलाई लिएर एमाओवादी अध्यक्ष प्रचण्ड भेट्न लाजिम्पाट पुगे।

सिंहदरबारमा मस्यौदा समितिको बैठक बसिरहेको थियो। एमाओवादी सभासद् राति ११ बजे फर्केर आए, प्रचण्डको आग्रहअनुसार भोलिसम्म बैठक रोक्न माग गरे। तर, सभापति सिटौलाले मानेनन्। र, प्रचण्डलाई फोन लगाए, ‘प्रचण्डजी, यस्ता कुरा झिकेर संविधान अड्काउने ? भोलि पशुपतिको मन्दिरमा गाईको टाउको काटेर झुन्डियो भने के हुन्छ? जनताको भावनामाथि खेलबाड गर्दा भोलि धार्मिक दंगा भयो भने त्यसको जिम्मा कसले लिन्छ?’ अन्तिममा प्रचण्डले सिटौलालाई मिलाएर गर्नुस् भनेपछि गाईलाई नै राष्ट्रिय जनावर बनाउने सहमति भएको समाचार आजको जनआस्था साप्ताहिकमा छापिएको छ।





Comments

comments

Leave a Reply

9389