प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ।

घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन्।
गत भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो। घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।


