Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उपराष्ट्रपतिका बुबाले भने, ‘मलाई भेट्न गाउँमै आउनू’

आफ्नो छोरो मुलुककै दोस्रो मर्यादा क्रमको पदमा पुगेपछि बुबालाई कस्तो लाग्ला ? छोरोलाई बधाई दिनु र कुनै उपहार बोकेर भेट्न चाँडै जानु स्वभाविक हुन सक्ला । तर उपराष्ट्रपति नन्दबहादुर पुनका बुबाले भने, ‘मलाई भेट्न चाँडै गाउँ आउनू।’

उपराष्ट्रपति पुनका ८२ वर्षीय बुबा रामसुरले छोरा ‘त्यो पदमा बसेर के काम गर्न पाउँछ’ भन्नेबारे खुबै चासो राखेका छन् । पुन उपराष्ट्रपति भएको खबर उनले पाएपछि पहिले आफ्नो घरमा आउन आग्रह गरे । ‘तँ घरमा कहिले आउने हो ? घरमा आएर तेरो राजनीतिबारे मलाई बताउनुपर्छ ।’ एमाओवादी केन्द्रीय सदस्य दीपेन्द्र पुनले उनकै मोबाइलबाट सम्पर्क गराइदिएपछि मनसुरले भने, ‘नयाँ राज्य व्यवस्था ल्याउँछु भनेर घर छाडेको होस्, उपराष्ट्रपति भयो भन्ने सुनेको छु । कुरा के हो ? मलाई भेट्न घरमा जसरी पनि आउनू।’

तत्कालीन माओवादीको पूर्णकालीन ‘छापामार’ बनेर वर्षौअघि घर छाडेर राजनीतिमा होमिएका नन्दबहादुरका बुबालाई अझै जिज्ञासा छ– के छोराले ठूलै पद पाएको हो ? छोरो उपराष्ट्रपति बनेपछि गाउँले घरैमा आएर रामसुरलाई बधाई दिइरहेका छन् । गाउँमा उनलाई सम्मान पनि गरियो । ‘उपराष्ट्रपति जन्माउने बुबालाई सम्मान गर्न आवश्यक ठानेर हामीले कार्यक्रम गरेका हौं ।’ एमाओवादी जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीले भने, ‘विगतमा ‘जनयुद्ध’ का नायक पासाङलाई पार्टीले पनि सम्मान गरेको ठानेका छौं।’ कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

9419