Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय नाकाबन्दीविरुद्ध जेनेभामा प्रदर्शन

लन्डन, भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध स्वीट्रल्याण्डको जेनेभामा प्रदर्शन भएको छ। त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाहरुको सक्रियतामा राष्ट्रसंघीय कार्यालय अगाडि नेपालीहरुले भारतविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा भाग लिन जर्मनीबाट जेनेभा पुगेका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरे। उनले भारतीय हस्तक्षेप र नाकाबन्दीकाविरुद्ध विश्वभर रहेका नेपालीहरुले आवाज उठाउनुपर्ने विचार राखे। नाकाबन्दी संवेदनशील मुद्दा भएको यसलाई अन्तर्राष्ट्रियकरण गर्न आआफ्नो क्षेत्रबाट पहल गर्न लामिछानेले आग्रह गरेको समाचार नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

9434