चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपालमा किन टेम्पो चालक बने?

चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउँदै गरेको खबर सामाजिक सञ्जालमा छिनमै भाइरल बनेपछि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फुटबलप्रेमीको भीड लागेको थियो।

बिहान १०:५५ मा बेकह्याम विमानस्थल ओर्लनुअघि नै झन्डै दुई सयभन्दा बढी उनका फ्यान उपस्थित भइसकेका थिए कालो टिसर्ट, खैरो पाइन्ट र खैरै जुत्तामा ‘स्पोर्टी’ देखिएका बेकह्याम आफ्नै शैलीको मन्द मुस्कानका साथ विमानस्थलबाट बाहिरिए।

टेलिभिजनमा मात्रै देखेका फुटबल स्टारलाई प्रत्यक्ष देख्दा थोरैको संख्यामा भए पनि उपस्थित फ्यानहरू ‘बेकह्याम’, ‘बेकह्याम’ भनेर चिच्याइहाले। भ्रमणको सम्पूर्ण व्यवस्था मिलाएको युनिसेफले इंग्लिस फुटबल लिजेन्ड बेकह्यामको नेपाल आगमनको सूचना गोप्य राखेको थियो। तर, फुटबल र फेसनका लागि विश्वमै चर्चित बेकह्यामको नेपाल भ्रमणको खबर दुई–तीन दिनअघिदेखि नै फैलिसकेको समाचार नयाँ पत्रिका दैनिकमाा छ।

इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वस्टार बेकह्यामले सक्रिय फुटबलबाट सन् २०१३ को मेमै सन्न्यास लिइसकेका हुन्। तर, पश्चिमा समाजमा फेसन ‘आइकन’का रूपमा समेत उत्तिकै ख्याति कमाएका बेकह्याम आफैँसँग सम्बन्धित डकुमेन्ट्रीका लागि फुटबल खेल्न नेपाल आएका हुन्।

बिबिसी वान र बिबिसी वल्र्डवाइडले डेभिड बेकह्यामबारे ९० मिनेटको ‘लभ फर फुटबल’ डकुमेन्ट्री निर्माण गर्दै छ। त्यसका लागि बेकह्यामले एक साताभित्र सात महादेशको सात देशमा पुगी फुटबल खेल्ने योजना बनाएका छन्। यो अभियानमा उनको नेपाल दोस्रो देश हो।





Comments

comments

Leave a Reply

9427