काठमाडौं, जागिरको प्रलोभन देखाएर युवतीको बलात्कार गरेको अभियोगमा नुवाकोटका सुविन गिरी पक्राउ परेका छन्।
एक युवतीलाई जागिर लगाइदिने भन्दै उनले गत २ कात्तिकमा गोंगबुको होटेलमा पुर्याई बलात्कार गरेको प्रहरीले दाबी गरेको छ। खाजा खाएर जागिरको कुरा गर्ने भन्दै उनले युवतीलाई गेस्ट हाउसमा पुर्याएर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।
घटनाको भोलिपल्टै पीडित युवतीले उजुरी दिएको भए पनि प्रहरीले गिरीलाई सोमबार मात्र पक्राउ गर्न सफल भएको समाचार नयाँ पत्रिका दैनिकमा छ। सामान्य चिनजान भएकी युवतीलाई गिरीले आफूले धेरै मान्छे चिनेको भन्दै जागिर लगाइदिने आश्वासन दिई फकाई होटलमा लगेका थिए।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)