चिम शा चुई स्टोरबाट १० मिलियन हङकङ डलर बराबरको घडी लुटपाट

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ डिसेम्बर। चार लुटेराले चिम शा चुई स्टोरबाट १० मिलियन हङकङ डलर बराबरको घडी लुटेका छन्।

–

प्रहरीले मंगलबार दिउँसो चिम शा चुई पसलबाट करिब १० मिलियन हङकङ डलर बराबरको लक्जरी घडीहरू लुट्ने हतियारसहित चार जना मास्क लगाएका लुटेराहरूको खोजी गरिरहेको छ।

स्थानीय मिडियाका अनुसार दिउँसो ३ बजेतिर चिम शा चुईको ग्रानभिल रोडमा रहेको घडी पसलमा चार मुखौटाधारी व्यक्तिले छुरा र हथौडा लिएर लुटपाट गरी भागेका थिए।

घटनाको अनुसन्धान जारी रहेको र लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छुरा लिएर आएका लुटेराले त्यहाँका स्टाफलाई डर धम्की दिएर डिस्प्ले दराजको सिसा फुटाएर लुटपाट गरेको बुझिएको छ। चार लुटेरामध्ये दुई जना दक्षिण एशियाली रहेको अनुमान गरिएको छ।





Comments

comments

94256