चिम शा चुई स्टोरबाट १० मिलियन हङकङ डलर बराबरको घडी लुटपाट

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ डिसेम्बर। चार लुटेराले चिम शा चुई स्टोरबाट १० मिलियन हङकङ डलर बराबरको घडी लुटेका छन्।

प्रहरीले मंगलबार दिउँसो चिम शा चुई पसलबाट करिब १० मिलियन हङकङ डलर बराबरको लक्जरी घडीहरू लुट्ने हतियारसहित चार जना मास्क लगाएका लुटेराहरूको खोजी गरिरहेको छ।

स्थानीय मिडियाका अनुसार दिउँसो ३ बजेतिर चिम शा चुईको ग्रानभिल रोडमा रहेको घडी पसलमा चार मुखौटाधारी व्यक्तिले छुरा र हथौडा लिएर लुटपाट गरी भागेका थिए।

घटनाको अनुसन्धान जारी रहेको र लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छुरा लिएर आएका लुटेराले त्यहाँका स्टाफलाई डर धम्की दिएर डिस्प्ले दराजको सिसा फुटाएर लुटपाट गरेको बुझिएको छ। चार लुटेरामध्ये दुई जना दक्षिण एशियाली रहेको अनुमान गरिएको छ।





Comments

comments

94256