पैसाको लागि पार्टटाइम ट्याक्सी चलाउंदा इन्जिनियरको ट्याक्सी दुर्घटनामा मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ डिसेम्बर। सप्ताहन्तमा पार्टटाइम ट्याक्सी चालकको रूपमा काम गर्ने ३० वर्षीय इन्जिनियरको ट्याक्सी दुर्घटनामा मृत्यु भएको छ।

–

स्थानीय मिडियाका अनुसार पेनीज बे हाइवेमा ट्याक्सीले नियन्त्रण गुमाएपछि कंक्रीट पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो।

उनी काउलुन जाँदै गर्दा बिहान करिब ३ बजे म्याजिक रोड राउन्डअबाउटको प्रवेशद्वारमा भीषण दुर्घटना भएको हो।

ट्याक्सी नियन्त्रण गुमाएर ट्राफिक चिन्हमा र कंक्रीट पर्खालमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको बेला पानी परिरहेको थियो र ट्याक्सीमा कोही पनि यात्रु थिएनन्।

–

टाउको, नाक र मुखमा चोट लागेको चालक सिटमा फसेका थिए र एम्बुलेन्स आएपछि बेहोस थिए।

उनलाई नर्थ लान्टाउ अस्पताल लगिएको थियो जहाँ उनलाई बिहान ४:१९ बजे मृत घोषणा गरिएको थियो।

इन्जिनियर चाउले आइतबार बिहान ९ बजेदेखि गाडी चलाउन थालेका थिए र दुर्घटना हुनुअघि करिब १८ घण्टासम्म गाडी चलाएका थिए।





Comments

comments

94240