पैसाको लागि पार्टटाइम ट्याक्सी चलाउंदा इन्जिनियरको ट्याक्सी दुर्घटनामा मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ डिसेम्बर। सप्ताहन्तमा पार्टटाइम ट्याक्सी चालकको रूपमा काम गर्ने ३० वर्षीय इन्जिनियरको ट्याक्सी दुर्घटनामा मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार पेनीज बे हाइवेमा ट्याक्सीले नियन्त्रण गुमाएपछि कंक्रीट पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो।

उनी काउलुन जाँदै गर्दा बिहान करिब ३ बजे म्याजिक रोड राउन्डअबाउटको प्रवेशद्वारमा भीषण दुर्घटना भएको हो।

ट्याक्सी नियन्त्रण गुमाएर ट्राफिक चिन्हमा र कंक्रीट पर्खालमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको बेला पानी परिरहेको थियो र ट्याक्सीमा कोही पनि यात्रु थिएनन्।

टाउको, नाक र मुखमा चोट लागेको चालक सिटमा फसेका थिए र एम्बुलेन्स आएपछि बेहोस थिए।

उनलाई नर्थ लान्टाउ अस्पताल लगिएको थियो जहाँ उनलाई बिहान ४:१९ बजे मृत घोषणा गरिएको थियो।

इन्जिनियर चाउले आइतबार बिहान ९ बजेदेखि गाडी चलाउन थालेका थिए र दुर्घटना हुनुअघि करिब १८ घण्टासम्म गाडी चलाएका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

94240