Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिस न्यु फेस पोखरा २०१५ को उपाधि बिधिता महर्जनलाई

अनिता भुजेल / एचकेनेपाल डट कम –
पोखरा, ब्यावसायिक मोडल बनेर मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने युवतीहरुबीच भएको मिस न्यु फेस पोखरा २०१५ प्रतियोगिताको शीर्ष उपाधि बिधिता महर्जनले हात पारेकी छन्।

सुन्दर पर्यटकीय नगरी पोखराको सभागृह हलमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यस उपाधि हासिल गरेकी हुन्। त्यस्तै फस्ट रनर अपको उपाधि तारा श्रेष्ठले जित्न सफल भएकी छिन् भने सेकेन्ड रनर अपमा संगम राौले उपाधि हासिल गरेकी हुन्।

पोखरा सभागृह हलमा करीव १ हजार भन्दा वढी दर्शकबीचमा भएको भब्य कार्यक्रमको आयोजना डस्ट एण्ड रक्सले गरेको थियो भने प्रतियोगिताको कोरियोग्राफी अरुण गिरिले गरेका थिए। समाजसेवी तथा सञ्चारकर्मी सुर्य चन्द, मोडेल/आर्जे कला सुब्बा, तेज चन्द, उत्तम श्रेष्ठ र दिपेन्द्र पहारी व्यक्तित्व सम्मिलित निर्णायक मण्डलीले विजेताको छनौट गरेका थिए।

मिस न्यु फेस पोखरा २०१५ प्रतियोगिताको कार्यक्रम संयोजक आर्जे अनिता भुजेलले गरेकी थिइन् साथै कार्यक्रम संचालन एमसी राज बराइलीले गरेका थिए र गोल्डेन आइ टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो।

उपस्थित प्रमुख अतिथि, अतिथिहरु तथा निर्णायकहरुले यस्ता सौदर्य प्रतियोगिताले गर्दा पोखराको आर्थिक, समाजिक, नारी व्यक्तित्व, पर्यटन सँगसँगै फेशनको समेत विकास हुदै जाने हुनाले समग्र पोखराको बिकाशमा टेवा पुग्ने र पोखरालाई राष्ट्रिय स्तरमा थप चिनाउनलाई यस्ता कार्यक्रम उपयुक्त रहेको जानकारी गराए।

अन्तमा मिस न्यु फेस पोखरा २०१५ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको र यसबाट थप हौसला बढेको आयोजक समितिका सदस्यहरु बिकाश राना तथा जनार्दन लामिछानेले जानकारी दिए।





Comments

comments

Leave a Reply

9438