Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

७ नेपालीलाई भारतमा राज्यद्रोहको मुद्दा

नयाँदिल्ली – हरियाणको हिसारास्थित भारतीय धर्मगुरु रामपालको आश्रमबाट पक्राउ गरेर स्थानीय जेलमा राखिएका नेपालीमध्ये ७ जनालाई भारतीय पहिचान जोडेर राज्यद्रोहको मुद्दा चलाइएको छ।

गत वर्ष कात्तिक २८ (२०१४, नोभेम्बर १४) मा हिसार, चण्डीगड रोडस्थित सतलोक आश्रमबाट रामपालसहित उनका निजी सुरक्षाकर्मी, सहयोगी र भक्तजन गरी ९ सय ३५ जना पक्राउ परेकामा न्यायिक हिरासत तथा अनुसन्धानको क्रम टुंगिएपछि झन्डै २ सयलाई राज्यद्रोहको मुद्दा लगाइएको समाचार कान्तिपुर दैनिकमा छ।

‘यीमध्ये सात नेपालीलाई भारतीय नागरिकका रुपमा पहिचान स्थापित गराएर राज्यद्रोह मुद्दा चलाइएको जानकारी आएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने।





Comments

comments

Leave a Reply

9425