Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालले चीनसंग समुद्री बाटो माग्ने तयारी

काठमाडौं, नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले चीनको माध्यमबाट समुद्री बाटोसम्म व्यापार पहुँच विस्तार गर्ने गरी चीनसँग सहमति गर्ने तयारी भइरहेको बताएका छन्।

नेकपा एमाले राजधानी पेसागत विशेष पर्यटन इलाकाको छैठौं संयुक्त शाखा अधिवेशन उद्घाटन सत्रमा सचिव ज्ञवालीले दीर्घकालीनरुपमा तेस्रो मुलुकसम्म व्यापार गर्ने कार्यको थालनीस्वरुप उक्त सम्झौता हुन लागेको बताए।

भारतले गरेको अघोषित नाकाबन्दीबारे विश्वको ध्यानाकर्षण भएको भन्दै उनले भारतसँग पनि कूटनीतिक तवरबाट समस्या समाधान गराउन सरकार लागिपरेको जानकारी दिए। ‘भारतसँग कुनै पनि सम्झौता हुँदा नेपालको सार्वभौमिकतामा आँच आउन दिने छैनौं, तर कूटनीतिकस्तरबाट हालको समस्या समाधान गर्ने पहल भइरहेको छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ३/४ दिनमा राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने र त्यसले नेपाललाई आत्मनिर्भरतातर्फ लैजाने बाटो तय गर्ने उनले बताए। अहिलको संकट पार गरेर अगाडि बढ्न पनि नेपाल सक्षम हुने उनको भनाइ छ। आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9450