आयोगद्वारा नाकाबन्दी अन्तर्राष्ट्रियकरण

काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोगले भारतीय नाकाबन्दीले नेपालमा चरम मानवीय संकट उत्पन्न भएको भन्दै आइतबार त्यसको अन्तर्राष्ट्रियकरण गरेको छ।

आयोगले मानवीय संकटको स्थितिपत्र सार्वजनिक गर्दै अन्तराष्ट्रिय मानवअधिकार आयोग(आईसीसी), विश्वभरिका राष्ट्रिय मानवअधिकार आयोगहरुको संगठन (एनएचआरआई), एसिया प्यासिफिक कफोरम र संयुक्त राष्ट्र संघलाई पत्र पठाएको हो। ‘नाकाबन्दीका कारण तीन करोड नेपालीको मानवअधिकार हनन भएपछि आयोगले गर्नु पर्ने भूमिका निर्वाह गरेको छ’ आयोगका एक पदाधिकारीले भने।

भारत यी चारै संगठनहरुको सदस्य राष्ट्र भएकाले यी निकायबाट त्यहाँको सरकार र मानवअधिकार आयोगलाई नेपालको जारी संकटका बारेमा पत्र पठाइनेछ । आयोगले मानवअधिकारका दोषीहरुलाई मुद्दा चलाउन र सजाय गर्न अन्तराष्ट्रिय क्षेत्राधिकार हुने भएकाले नाकाबन्दी लगाउनेहरुलाई जुनसुकै ठाउँमा र जहिले पनि मुद्दा चलाउन सकिने भएकाले त्यो प्रावधानको ख्यालन गर्न पनि पत्रमा उल्लेख गरेको छ। आजको कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

9466