भारतले नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको छ।
अन्तर्राष्ट्रिय समुदायले समेत नेपलको नाकाबन्दीबारे चासो दिन थालेपछि भारतबाट यस्तो संकेत आएको खबर कान्तिपुर दैनिकमा छ।
प्रधानमन्त्री केपी ओलीले साँझ बालुवाटारमा केही मन्त्री र सचिवहरुसँग गरेको छलफलमा नाकाबन्दी खुकुलो पार्ने संकेत आएको जानकारी दिएका छन्। भारतको विदेश मन्त्रालय मार्फत नै यस्तो संकेत प्राप्त भएको स्रोतले बताएको छ।