Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेशपायलले स्पेनमा देखाए कमाल

एचकेनेपाल डट कम संवाददाता –
एनआरएन क्षेत्रीय कमिटी मेड्रिडले आयोजना गरेको तिहार स्पेशल कार्यक्रममा प्रसिद्ध गायक राजेशपायल राईले निष्ठुरीलाई माया गरी आफैंलाई जोगी बनाएं बोलको गीत गाउंदा हंगामै भो मेड्रिडमा।

हंगामा गीतसंगीतकै थियो झगडाको होइन। राईले उक्त गीत प्रस्तुत गरिरहंदा दर्शकदीर्घबाट हामी निष्ठूरी होइनौं तपाई आँट गर्नुहोस् हामी तयार छौं भन्न पनि पछि परेनन् स्पेनवासी नेपालीहरु।

कार्यक्रममा माहौल भने प्रेममय र तिहारमय अवश्य झल्किन्थ्यो कारण थियो स्पेनको मेड्रिडमा यो पहिलो कार्यक्रम थियो। जो कलाकारले प्रथम पटक मेड्रिडमा शो गरिरहेको थियो। आश्चर्य त यो छ कि आजसम्म राष्ट्रिय कलाकारले शो गरेको यो पहिलो चाहि थियो।

कार्यक्रममा राईले फूलैफूलको मौसम तिमीलाई, दिक्तेल बजार, तीन तारा तीनतिर, बल्ल भेट भो, शिरै फूल, नौजाले मायाले, माथिमाथि लेकबाट, धरान धनकुटा, बैगुनी रहेछौ मायालु र सागरसरी चोखो माया गाएका थिए भने उक्त गीतमा राईलाई लक्ष्मी गुरुङले साथ दिएकी थिइन्।

कार्यक्रम व्यवस्थापक संयोजक उत्तर राईको सभापतित्वमा आयोजना भएको यस कार्यक्रममा अध्यक्ष रोशन पाठक, सचिव कृष्ण पुढासैनी र कोषाध्यक्ष संचिता लुईटेलले कार्यक्रमको उद्धेश्यबारे बताएका थिए। स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको कार्यक्रमको विसर्जन भूपू अध्यक्ष जीवन प्रसाईले गरेका थिए।





Comments

comments

Leave a Reply

9472