तमुवान र मगरात आन्दोलनलाई मोर्चाबन्दी गर्ने

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २३ कात्तिक। पहिचानसहितको संघीयता, संघीयतासहितको अधिकार सुनिश्चित गराउन तमुवान र मगरात संघर्ष समितिले आन्दोलनलाई मोर्चाबन्दी गर्ने भएको छ।

तमुवान संयुक्त संघर्ष समितिको आयोजनामा मंगलवार पोखरास्थित नेपाल मगर संघमा सम्पन्न तमुवान र मगरात आन्दोलनको अगुवा तथा सामाजिक संघ संस्थाको अगुवाहरुको भेलाले विगतदेखि विभेदमा पारिदै आएको आदिवासी भुमिपुत्र जनजातिहरुको माग पुरा गराउन तमुवान र मगरातको आन्दोलनलाई मोर्चाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो।

भेलामा सहभागीहरुले आन्दोलनका कार्यक्रमहरु तय गर्न तमुवान संयुक्त संघर्ष समिति र मगरात संघर्ष समितिको बैठकले आन्दोलनको कार्यक्रम र मिति तय गर्नुपर्नेमा जोड दिएका थिए । आन्दोलनको कार्यक्रम अन्र्तगत देशैभरको अधिकार र पहिचानका आन्दोलनहरुलाई मोर्चाबन्दी गर्दै राष्ट्रिय जनआन्दोलन गर्नुपर्न, प्रदेश स्तरीय प्रर्दशन, जिल्लास्तरीय र विभिन्न संस्थागत कार्यक्रम गर्न सुझाव दिएको छ । एकतावद्ध सशक्त आन्दोलन विना तमुवान, मगरातसहितको अधिकार, पहिचान प्राप्त नहुने उनीहरुको तर्फ थियो । तमुवान संयुक्त संघर्ष समिति, मगरात संघर्ष समिति र विभिन्न समाजका १३ जना अगुवाहरु आफ्ना आन्दोलनको विविध पक्षका बारेमा विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ तमुवान आन्दोलनको गतिविधी, आगमी कार्यक्रम र मोर्चागत आन्दोलनको अवधारणागत र मगरात संघर्ष समितिका संयोजक तथा नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले मगरात आन्दोलनको गतिविधी, आगमी कार्यक्रम र मोर्चागत आन्दोलनको अवधारणागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

तमुवान संयुक्त संघर्ष समितिका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गजेन्द्र लिम्बुले गर्नुभएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9474