Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मधेसीहरूको माग सम्बोधन नभएसम्म नाकाबन्दी नहट्ने

नेपाल सरकारले सीमामा पारवहन तथा आपूर्तिमा लगाएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेको छ।

तर, आन्दोलनरत मधेसी दलका मागको सम्बोधन गरेपछि मात्र नाकाबन्दी खुकुलो गर्ने अडान भारतको छ। मन्त्रिपरिषद्को निर्णयबारे भारत सरकारलाई लिखित जानकारी गराइएको छैन भने दिल्लीस्थित नेपाली दूतावासलाई पनि औपचारिक जानकारी छैन।

‘सरकारले भारतलाई आह्वान गरेको भन्ने निर्णय पत्रपत्रिकाबाट थाहा पाइयो,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले सोमबार साँझ टेलिफोनमा भने, ‘तर त्यसबारे औपचारिक च्यानलमार्फत हामीलाई नै जानकारी आएको छैन।’ अनौपचारिक रूपमा भने जानकारी गराइएको दूतावास स्रोतले बतायो। ‘भारत आफ्नो मुद्दामा टसमस छैन, मधेसीहरूको माग सम्बोधन नभएसम्म नाकाबन्दी हट्ने सम्भावना छैन,’ नेपाली दूतावासका एक अधिकारीले भने। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9477