Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पको ६ महिनाभित्र जम्मा एकजनालाई मात्रै ऋण

भूकम्पपीडितका लागि घर निर्माण गर्न अघि सारेको कर्जा योजनाअन्तर्गत ६ महिनामा एकजनाले १७ लाख ४४ हजार रुपैयाँ कर्जा पाएका छन्।

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनकर्जा दिने र उक्त रकम बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशत ब्याजदरमा ऋण दिने कार्यविधि सार्वजनिक गरेको थियो।

नेपाल बंगलादेशमार्फत स्युचाटार निवासी भूकम्पपीडितले घर निर्माणका लागि १७ लाख ४४ हजार रुपैयाँ कर्जा लिएका हुन्। ऋणीको नाम भने सार्वजनिक गर्न नमिल्ने बैंकले जनाएको छ। उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्जा पाउने व्यक्ति बैंकको नियमित ग्राहक भएकाले कार्यविधिअनुसार कर्जा दिन सकिने बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

9479