Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सबै नाका सुचारु गर्न चीन तत्पर

भारतीय नाकाबन्दीको मारमा परेका नेपालीलाई राहतका साथै विकल्प दिन चीनले यसअघि सहमति भएका नाकाहरूलाई तत्काल मर्मत गर्दै अन्तर्राष्ट्रिय स्तरीकरण गर्ने भएको छ।

नेपालसँग भन्सार सहजीकरण र सञ्चालनसम्बन्धी २० बुँदे सहमति गरेलगत्तै तिब्बत सरकार प्रमुख लोपस्याङ ग्याल्जेले नेपालतर्फका नाकालाई स्तरोन्नति गर्दै सुचारु गर्न कुनै कसुर बाँकी नराख्ने बताएको सन्देश पठाएका छन्।

लोपस्याङ पाँच वर्षे मूल्यांकन समीक्षा बैठकमा सहभागी हुन बेइजिङ पुगेका छन्।

उनले त्यहाँ नेपालमा बैठक बसेर फर्केका टोलीसँग भेटेका छन्। टोलीको निर्णयलाई उनले चिनियाँ वाणिज्य मन्त्रालय पुर्‍याउँदै सहयोग प्रक्रिया अघि बढाएको परराष्ट्र अधिकारीले जानकारी दिए। यसभन्दा माथिल्लो स्तरको बैठक गरेर काम अघि बढाउन पनि उनले सुझाएका छन्। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9481