Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धेरै मन्त्री भएर निवास नपाएपछि मन्त्रीहरुको बेहाल

काठमाडौं, ओली सरकारमा मन्त्रालयभन्दा मन्त्री धेरै भएपछि पुल्चोकस्थित मन्त्रीहरुको सरकारी निवास परिसरमा गाईजात्रा सुरु भएको छ।

सक्नेले थर्काएर रोजेको क्वार्टर लिने र नसक्नेले चूप लागेर अन्तै डेरा खोज्नुपर्ने स्थिति भएपछि त्यस्तो गाईजात्रा चलेको हो। पहिलोचरणमा मन्त्री भएकामध्ये सबैजसोले रोजी–रोजी सुविधासम्पन्न क्वार्टर पाए। तर, दोस्रो चरणमा उपप्रधानमन्त्री र मन्त्री हुनेहरुको भने बेहाल छ।

दुई कोठे डेरामा २५ वर्षदेखि गुजारा चलाउँदै आएका उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मन्त्री भएको धेरै दिन बितिसक्दा समेत कोठाबाटै काम चलाउनुपरेको छ। उनले न पुल्चोकमा क्वार्टर पाए, न भनेजस्तो डेरा नै भेटेका छन्। उपप्रधान तथा रक्षामन्त्री भीम रावल निवर्तमान गृहमन्त्री वामदेव गौतमबाट फोन गराएर ब्लक डी को ५ नम्बरको क्वार्टर सरेका छन्। अर्का उपप्रधान तथा महिला तथा बालबालिकामन्त्री सिपी मैनालीले भने चाबहिलस्थित आफ्नै घरमा बस्ने निर्णय गरेका छन्।

क्वार्टरका लागि मन्त्रीबीच हानाथाप चलेपछि पुल्चोकमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले सामान लगेर राखेका छन्। उनी आफूचाहिँ छठपछि मात्रै सर्ने समाचार आजको दृष्टि साप्ताहिकले छापेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

9485