Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मुस्ताङको कोरल्ला नाका छिट्टै खोल्ने तयारीमा

बागलुङ, मुस्ताङको कोरल्ला नाका छिट्टै सञ्चालन गर्न नेपाल र चीनबीच सहमति भएको छ।

मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेशबहादुर अधिकारी नेतृत्वको ६ सदस्यीय टोली र तिब्बतको झोङवासेन जिल्लाका चिफ माई भुजुङ नेतृत्वको टोलीबीच छलफल भएको हो।

सुरक्षाका लागि सेनाको पोस्ट राखिनेलगायत भौतिक अवस्था (सडक र पूर्वाधार) बारे अध्ययन गर्न चीनीयाँ टोली नेपाल आएका हुन्। १५/२० दिनभित्रै नाका सञ्चालनमा ल्याउने तयारीका साथ छलफल भएको छ।

नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरल्ला नाकाबाट अहिले पनि उपल्लो मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, लत्ता–कपडा लगायत सामग्री ल्याउँछन्।

भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि चीनतर्फका ७ स्थानमा नाका खोल्ने निर्णय गरेसँगै बन्द रहेको यो नाका खोल्ने तयारी भएको हो। विक्रम संवत १९७४ ताका तिब्बतीले यही नाका हुँदै खम्पा विद्रोह गरेपछि चीनले सुरक्षाको कारण देखाउँदै बन्द गरेको थियो।





Comments

comments

Leave a Reply

9487