चिम शा चुईमा ग्याङ फाइट, दुई घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ डिसेम्बर। शनिबार बिहानै चिम शा चुईमा दुई जना पुरुषलाई पाँचदेखि छ जनाको समूहले चक्कुले आक्रमण गरेको छ।

स्थानीय मिडियाका अनुसार घटना बिहान करिब ५ बजे अस्टिन रोड र चाथम रोड साउथ बिचको इन्टरसेक्शनमा भएको हो।

प्रहरीलाई रिपोर्ट प्राप्त भएको थियो कि धेरै पुरुषहरू झगडामा संलग्न थिए जसमा दुईजनालाई बाँकी पाँच-छ जनाले चक्कुले काटि रहेका थिए।

घटनास्थलमा रगतको ठूलो आहाल भेटिएको थियो। दुईजना घाइते पुरुषहरू ट्याक्सी लिएर क्वीन एलिजाबेथ अस्पताल पुगेका थिए।

एनजी उपनाम दिएका ४० वर्षीय पुरुषको टाउकोमा र उनका साथी, सिन उपनामका २८ वर्षीय पुरुषलाई पाखुरामा काटिएको थियो।

प्रहरीले घटनालाई घाइतेको रूपमा सूचीबद्ध गरेको छ र यसलाई अहिले याउ चिम जिल्ला अपराध अनुसन्धान टोलीले सम्हालिरहेको छ।





Comments

comments

94894