चोरी गर्न खोजेको आरोपमा हङकङमा नक्कली दक्षिण एसियाली शरणार्थी पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ डिसेम्बर। चोरी गर्न खोजेको आरोपमा हङकङमा एक नक्कली दक्षिण एसियाली शरणार्थी पक्राउ परेका छन्।

हिजो शनिवार (१६ तारिख) साँझ ८ बजेतिर प्रिन्स एडवर्डको ३८१ पोर्टल्याण्ड स्ट्रीटमा रहेको टेनिमेन्ट भवनमा स्काफफोल्डिङ चढेर चोरी गर्न खोजेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

उनले केही नराम्रो काम गरेको आशंकामा प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटनास्थलमा पुगेर ३१ वर्षीय दक्षिण एसियाली नक्कली शरणार्थीलाई पक्राउ गरेको छ। प्रहरीले उबाट चोरीको लागि प्रयोग गरिने औजारहरुसमेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धान पछि “डकैती प्रयास” को आशंकामा उनलाई पक्राउ गरी अनुसन्धानको लागि लगिएको जनाएको छ।

प्रहरीले उनलाई स्काफफोल्डिङबाट सुरक्षित ओरल्न लगाएर नियन्त्रण लिएको थियो।





Comments

comments

95064