Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तिहारमा प्रधानमन्त्रीलाई सिस्नोपानी !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि हैसियतमा मञ्चमा पुग्नेबित्तिकै दर्शक गलल्ल हाँसे।

सुरुमै कार्यक्रम प्रस्तोताले ओलीलाई हास्यब्यङग्य विधामा दक्खल राख्ने रोचक, घोचक र ठट्यौंली भाषणकलाका धनी भनेर सम्बोधन गरेका थिए। नभन्दै प्रधानमन्त्री ओली आफ्नो सदाबहार शैलीमा प्रस्तुत भए। उनले सबैलाई सम्बोधन गर्दै कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई खास सम्बोधन गरे – मेरो हुर्मत लिने धुर्मुस कता छन् ? दर्शकतर्फ हाँसो झनै चर्कियो।

नजिकै कलाकारको पंक्तिमा ठ्याक्कै ओलीको भेषमा थिए –हास्यकलाकार धुर्मुस। भर्खरै मञ्चमा उनै धुर्मुसले प्रधानमन्त्रीको नक्कल गर्दै उनैलाई व्यग्य कस्दै देउसी गाएका थिए। दर्शकदीर्घामा प्रधानमन्त्री ओलीलाई धुर्मुसको सिस्नोपानीले भित्रभित्रै पोलेको महसुस भइरहेको थियो। त्यसैले त ओलीले सुरुमै मेरो हुर्मत लिने धुर्मुस भन्दै सम्बोधन गरेको खबर नागरिक दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

9494