Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बरिष्ठ पत्रकार शक्ति लम्सालको निधन

काठमाडौं, बरिष्ठ पत्रकार शक्ति लम्सालको ८० वर्षको उमेरमा गएराति निधन भएको छ। एमाओवादी तथा नेकपा—माओवादीका केन्द्रीय सल्लाहकारसमेत रहेका लम्साल निमोनियाबाट पीडित थिए।

गत शुक्रबार उपचारको लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको लम्सालको राति ९ः४० बजे निधन भएको परिवार स्रोतले जनाएको छ।

उनको शव एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजेदेखि श्रद्धाञ्जलिको लागि राखिने र त्यसपछि अन्येष्टिका लागि पशुपति आर्यघाट लगिने जनाइएको छ।

पञ्चायत कालदेखि पत्रकारितामा सक्रिय उनले राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका थिए। जनादेश साप्ताहिकको सम्पादकको साथै विभिन्न पत्रपत्रिकामा कलम चलाउँदै आएका लम्साल कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय थिए।

स्थायी ठेगाना काठमाडौं चण्डोल रहेका लम्सालका श्रीमती, एक छोरा र एक छोरी छन्।





Comments

comments

Leave a Reply

9504