Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनबाट आयो सिमेन्ट पनि

पोखरा, चीन सरकारद्वारा मुस्ताङवासीलाई उपलब्ध गराउन ५६ सय बोरा सिमेन्ट कोरला नाकामा आइपुगेको छ।

निर्माण सामग्री छड जस्तापाता र खाद्यान्न पनि छिट्टै कोरला नाका हुँदै लोमान्थाङ आउने क्रममा रहेको जिल्ला विकास समिति मुस्ताङका योजना अधिकृत जीवन ज्ञवालीले बताए।

प्रयेक वर्ष हिउँ पर्नुअघि दुर्गम हिमाली जिल्लामा खाद्यान्न संकट नहोस् भन्ने उद्देश्यले चीन सरकारले उपलब्ध गराउने नियमित सहयोगअन्तर्गत खाद्यान्न आउने क्रम पनि सुरु भएको छ। उपल्लो मुस्ताङका ५ गाविस छोनुप, छोसेर, लोमान्थाङ, घमी, चराङ, सुरखाङको मागअनुसार जिविस मुस्ताङको सिफारिसमा खाद्यान्न आउने क्रम सुरु भएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

9500