Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दी हट्ने समाचार हल्ला मात्र

काठमाडौं, भारतीय राजदूत रणजित रायले एक–दुई दिनमा नेपाल–भारत नाका सहज हुने भनी आएको समाचारलाई हल्ला र अनुमान भएको प्रस्ट पारेका छन्।

उनले वीरगन्ज नाका सहज नभईकन नेपालमा आपूर्ति सहज नहुने बताए। ‘नेपालमा धेरै हल्ला र अनुमान चल्छ। ७० प्रतिशत आपूर्ति वीरगन्ज नाकाबाट हुन्छ। अरू बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन,’ रायले भने, ‘अरू नाकाबाट रि–रुट गरेर पठाउने प्रयास भइरहेको छ। नेपाललाई तेल दिने मुख्य डिपो रक्सौलमा भएकाले अरू नाका सहज भए पनि आपूर्ति सहज हुँदैन।’ उनले सत्य वा झुटो जे भए पनि नेपालमा समाधान गर्नुपर्ने केही मुद्दा रहेकाले त्यसलाई वार्ता र संवादको बाटोबाट छिटो हल गर्नुपर्ने भन्दै अहिलेको समस्या लामो समयसम्म जान नहुने धारणा राखे। आजको नयाँपत्रिकमा खबर छ।





Comments

comments

Leave a Reply

9502