Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युएईमा दिपावलीको दिवा-बनभोज तथा शुभकामना सम्पन्न

सुत्रमनि राई/ एचकेनेपाल डट कम –
दुबई युएई। नेपालीहरुको महान चाड दीपावलीको अबसरमा प्रवासी हातेमालो बचत तथा ऋण सहकारी संस्थाले दिवा बनभोज तथा शुभकामना आदान-प्रदान विभिन्न कार्यक्रमको साथ सम्पन्न गर्यो।

गत बिहीबार दुबईको अति रमणीय स्थल जाबेल पार्कमा यु.सी.स कम्पनीमा कार्यरत ९० भन्दा माथि दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिमा विभिन्न नेपाली परिकार खानको साथमा देउसी भैलो र अन्य मनोरन्जात्मक कार्यक्रम गर्यो।

त्यस संस्थाको अध्यक्ष राम कुमार चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली ब्यावसायी फिस्टेल ट्राभल एंड टुरिजमका संचालक सुर्य गिरि अतिथि रहनु भएको थियो। त्यस कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष राम कुमार चाम्लिङ तथा राहत तथा उद्दार कोष का कोषाध्यक्ष मिनबहादुर चौधरीले आ-आफ्नो धारणा राख्दै शुभकामना मन्तब्य दिएका थिए। त्यसै गरि कार्यक्रममा सहभागी हुनेहरु मध्येबाट रमेश लामा र बिजय लक्ष्मी राईले पनि आ-आफ्नो धारणा राख्दै शुभकामना ब्यक्त गरेका थिए। त्यसै गरि फिस्टेल ट्राभल एंड टुरिजम का संचालक सुर्य गिरिले पनि नेपालीलाई पर्न गएको हरेक समस्यामा आफूले सहयोग गर्ने प्रतिबद्धता गर्दै उपस्थित सबैलाई शुभकामना दिएका थिए।

कार्यक्रमलाई रमणीय बनाउनको लागि फुटबल, हाजिरी जवाफ,म्युजिकल चियर र हाँडी फुटाउने प्रतियोगितात्मक कार्यक्रम रहेकोमा फुटबल मा पुरुषतर्फ नबिन लामा, हर्क तामाङ, उतम ढुंगाना,टिकाराम तामाङ,गणेश ओली, सत्यम गुरुङ र गोपाल खड्काको टीमले बिजय हासिल गरेका थिए। महिला तर्फ जसमति क्षेत्री,गंगा लामा,ज्योति लामा,पुनम लामा र बिद्या खड्काका टीमले बिजय हासिल गरेका थिए।

हाजिरीजवाफ तर्फ केशब पराजुली,कृष्ण अगस्ती,प्रकाश वाग्ले र आस्था को टीमले बिजय भए। म्युकिकल चियरमा गंगा लामाले हात परेका थिए त्यसै गरि हाँडी फुटाउने खेलमा जसमति क्षेत्रीले बिजय हात पारेका थिए।

विभिन्न प्रतियोगिताका बिजेताहरुलाई संस्थाका अध्यक्ष राम कुमार चाम्लिङले पुरस्कार वितरण गरेका थिए। त्यस संस्थाले संस्थाको राहत तथा उद्दार कोषको सहयोगार्थ भाग्यशाली उपहार योजनाको भाग्य चिट्ठा पनि खोलेका थिए। उक्त उपहार चिट्ठामा प्रथम पुरस्कार ल्याप टप पासी शेर्पा [नेपाल] दोस्रो पुरस्कार एल ई डी ३२” टेलिभिजन जनक शाही [नेपाल] तेस्रो पुरस्कार स्मार्ट मोबाइल फोन सीता लिम्बु [नेपाल] सान्तवना तर्फ राइस कुकर अरोधि राव [इन्डिया] आइरन दिपक राज बराल [नेपाल] र कित्ली रन्जना अधिकारीले प्राप्त गरेका थिए।

यसको पुरस्कार राहत तथा उद्दार कोषका कोषाध्यक्ष मिनबहादुर चौधरी, जुमेरा शाखा प्रतिनिधि भिम राई तथा सतवा शाखा प्रतिनिधि खगेन्द्र प्रसाद चिमरियाबाट प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थिति सबैमा शुभकमाना तथा धन्यवाद दिदै सभापति मार्फत कार्यक्रम समापन भएको घोषणा गरेको थियो। कार्यक्रम त्यस संस्थाका सचिब सुत्रमनि दुमी राईले संचालन गरेका थिए।





Comments

comments

Leave a Reply

9601