Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

न्युयोर्कमा डिजे हङ्क भव्य रुपमा सम्पन्न, गीति संग्रह कहिँ कतै सार्वजानिक

सुर्य चन्द / एचकेनेपाल डट कम –
न्युयोर्क, तिहारको अवसरमा आयोजित डिजे हङ्क न्युयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ। बरिष्ठ गायक नविन ढुङ्गेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रम नेपाली महावाणिज्यदूतावास, न्युयोर्कका उप–प्रमुख प्रविण भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

नेपालका पहिलो तथा चर्चित डिजे तेञ्जिङ्गसँगै अमेरिकाका अन्य चार डिजेले एकै साथमा डिजेइङ्ग गरेको उक्त कार्यक्रम न्युयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको थियो। थ्रिजी साउण्ड ईन्कको मुख्य आयोजनामा सम्पन्न उक्त कार्यक्रम अमेरिकाका चर्चित एवं व्यस्त चार नेपाली डिजेहरुको सह–आयोजनामा सम्पन्न भएको हो।

नेपाली डिजे इतिहासमा पहिलो चोटी यसरी एकैसाथ पाँच डिजेहरुले एउटै मञ्चमा डिजे कार्यक्रम गरेको यो नै पहिलो हो । यसरी डिजे कला प्रस्तुत गर्नेहरुमा डिजे तेञ्जिङ्गसँगै, डिजे माईकल, डिजे जाम्बु, डिजे एलएए (लाक्पा) र डिजे गेलु रहेका थिए । कार्यक्रममा सहभागी हुन नेपालबाट डिजे तेञ्जिङ्ग र सान्फ्रान्सिस्कोबाट डिजे गेलु न्युयोर्क आएका हुन् । अन्य तीन डिजेहरु न्युयोर्कबासी हुन्।

आईलाईन क्रियसन एलएलसीको व्यावस्थापनमा आयोजित डिजे हङ्क कार्यक्रमलाई नेपालका ख्याती प्राप्त सञ्चारकर्मी एवं कलाकार सरोज केसीले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुमन बुढा मगरले शुभकामना मन्तव्य दिएका थिए भने थ्रिजी साउण्ड ईन्कका प्रबन्धक गम्बु शेर्पाले कार्यक्रमको विषयमा बोलेका थिए।

कहिँ कतै बिमोचित कार्यक्रममा गायक राजेन्द्र राई र एञ्जिला राईको गीति संग्रह “कहिँ कतै” को विमोचन गरिएको थियो। गीति संग्रह “कहिँ कतै”लाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली वाणिज्यदूतावास, न्युयोर्कका उप–प्रमुख प्रविण भट्टराईले विमोचन गरेका थिए। गीति संग्रह बिमोचन पश्चात् कार्यक्रमका प्रमुख अतिथि भट्टराईले आफु नेपाली दूतावासको कर्मचारी भए पनि नेपाली भाषा, संस्कृति र मौलिकतालाई देश बिदेश पुर्याउने सबै नेपाली दूत भएको बताए।

गीति संग्रहमा समावेस “कहिले काहिँ मलाई पनि सम्झि देऊ है..बोलको गीतको विषयमा बरिष्ठ गायक यम बरालले टिप्पणी गरेका थिए । कार्यक्रममा गायक राजेन्द्र राईको “भुल्यो कि तिमीले…” र छोरी एञ्जिला राईसँगैको स्वरमा रहेको “ड्याडी आई लभ यु…”बोलको गीतको म्युजिक भिडियो समेत प्रर्दशन गरिएको थियो । बिमोचित गीति संग्रह “कहिँ कतै” मा उल्लेखित दुई गीतसँगै “ए माया.., आँखा भरी…, जाँदा जाँदै…, “माया मेरी माया…लगायतका दश गीत समावेस छन् । संग्रहमा गायक स्वयम्सँगै बिनोद खम्बु, शान्ति लामा र राजेन्द्र श्रेष्ठको शब्दमा बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल र राजेन्द्र राईको संगीत रहेको छ । “कहिँ कतै”लाई थ्रिजी साउण्डले प्रर्बद्धन गरेको हो।

डिजे तेञ्जिङ्ग र भिजे सरोज सम्मानित अनौपचारिक कार्यक्रम डिजे हङ्क शूरु हुनु अघि सम्पन्न औपचारिक कार्यक्रममा नेपालको प्रथम डिजे तेञ्जिङ्ग र सञ्चारकर्मी एंवं कलाकार सरोज केसीलाई बिशेष सम्मान गरिएको थियो । दुवै व्यक्तित्वलाई आ–आफ्नो क्षेत्रबाट नेपाली समाजलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थ्रिजी साउण्ड इन्कका प्रबन्धक गम्बु शेर्पाले बताए।


सम्मान पश्चात् सञ्चारकर्मी एवं अभिनेता केसीले खुसी व्यक्त गर्दै नेपाली मौलिक कला, भाषा र संस्कृति संरक्षणको लागि बिदेशमा बस्ने नेपालीहरुको योगदान अतुलनिय रहेको जनाए। उद्घोषण, रंगमञ्च र कलाकारितामा आफ्नो अलग्गै परिचय बनाईसकेका केसीले ईमेज एफएम, च्यानल नेपाल, नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, न्युज २४ टेलिभिजन र रेडियो बिएफबिएसमा काम गरिसकेकाछन्। उनले हालसम्म डेड दर्जन नेपाली चलचित्र र त्यत्तिकै संख्याका मेघा टेलिश्रृङ्खलाहरुमा सशक्त अभिनय गरिसकेकाछन्।

यसैगरी अर्का सम्मानित डिजे तेञ्जिङ्ग नेपालका प्रथम एवं चर्चित डिजे अन्र्तगत पर्दछन्। सन् १९९१ बाट काठमाण्डौंको जोली पपबाट डिजेईङ्ग शूरु गरेका तेञ्जिङ्गले नेपालका बिभिन्न शहरसँगै जर्मनी, कोरिया, फ्रान्स, बेल्जियम, हल्याण्ड, स्पेन, जापान, बेलायत लगायतका दर्जनौं देशमा डिजे कला प्रस्तुत गरिसकेकाछन् । हज्जारौं कार्यक्रममा सहभागी भईसकेका तेञ्जिङ्गले रेश्मा सुनुवार, रोज मोक्तान, माण्डवी त्रिपाठी, मिङ्मा शेर्पा, राजन इशान लगायतका चर्चित गायकहरुको गीत संयोजन गरिसकेकाछन्।





Comments

comments

Leave a Reply

9599