Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किरात राजा बलिहाङ्गले जीवनदान पाएको खुशियालीमा…

सोदिप थोप्रा लिम्बू / एचकेनेपाल डट कम –
अश्फोर्ड केन्ट , युके। किरात याक्थुङ चुम्लुङ आशफोर्ड शाखाले स्थानीय साइमन हलमा बलिहाङ्ग तङ्गनाम भव्यताका साथ सम्पन्न गरेको छ। किरात राजा बलिहाङ्गले जीवनदान पाएको खुशियालीमा मनाइने यो चाड किरात लिम्बू जातिले परापूर्व कालदेखि परम्परानुसार मनाउंदै ल्याएका मुख्य चाडहरु मध्येमा यो पनि पर्दछ।

शाखाका अध्यक्ष पूर्ण मादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजिमान याक्सो लिम्बू एबं बिशेष अतिथि जेष्ठ नागरिक रिटायर्ड क्याप्टेन दलबीर कुरुम्बाङ्ग लिम्बू रहेका थिए भने अन्य अतिथिहरुमा सगरमाथा नेपाली समाजका अध्यक्ष तेम्बे लिम्बू, नेपाल जनजाति बेलायतका उपाध्यक्ष लोकेन्द्र तबेबूङ्ग लिम्बू, सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङ्गमा लिम्बू , किरात राई यायोक्खा आशफोर्ड शाखाका उपाध्यक्ष बसुन्धरा नेयोङ्ग राई , किरात याक्थुङ चुम्लुङ् युकेका सल्लहाकारहरु डम्मर सिंगक लिम्बू , जय मादेन लिम्बू , साम्यु लिम्बू , किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रिय सदस्य चन्द्र बहादुर थक्लुङ्ग लिम्बू, समाजका बुद्दिजिवीहरु साथै शाखाका सल्लाहकारहरु रहेका थिए।

कार्यक्रममा सहसचिव विजय सम्बाहाम्फे लिम्बूले आकस्मिक घटना भई हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा जानकारी गराएका थिए भने उपाध्यक्ष काजी साम्यु लिम्बूले स्वगत मन्तब्य दिएका थिए।

नेपाली राष्ट्रिय धुन बजाएर शुरु गरिएको कार्यक्रममा प्रमुख एबं बिशेष अतिथिले पानसमा बत्ती बालेर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा उपाध्यक्ष सोदिप थोप्रा लिम्बूले बलिहाङ्ग तङ्गनामको बारेमा उपस्थित सम्पूर्ण पाहुना तथा समाजका सदस्यहरुलाई प्रष्ट पारेका थिए भने राजेन्द्र नेम्बाङ्ग र दुर्गा पाङ्गमाको टिमले लिम्बू भाषामा लारिङ्गेक भट्याउने तथा आशिक दिएका थिए।

सम्पूर्ण पाहुना , कमिटिका सदस्यहरु एबं च्याब्रुङ्ग टिमका कलाकारहरुले लरिङ्गेक टिमलाई साथ् दिएका थिए भने समाजमा बिशेष योगदान पुरयाएका सदस्यहरु जस लक्षि मावोहाङ्ग लिम्बू , मनमाया लिम्बू , मधुकेशर लिम्बू , देव हुक्पा चोङ्गबाङ्ग लिम्बू र अर्जुन साम्यु लिम्बूलाई प्रमुख अतिथिको बाहुलीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा दौरा सुरुवाल , कोट , ढाका टोपी , चौबन्दी , चोलो , फरिया , ढाकाको सलको साथमा शिरवन्दी , कण्ठ , च्याप्टे सुन , बुलाकी ,ढुङग्री आदि लगाएर परम्परागत गरगहानामा सजिएका कलाकारहरुले लिम्बुजातिको प्रसिद्द च्याब्रुङ्ग नाच प्रदर्शन गरेका थिए। प्रमुख अतिथिले बलिहाङ्ग तङ्गनामको शुभकामना दिने क्रममा तिहार चाडको बारेमा फरक मतहरु भए पनि यो चाड सम्पूर्ण आदिवासी जनजातिहरुको पनि चाड भएको प्रष्ट पारेका थिए।

कार्यक्रममा थुप्रै स्थानीय कलाकारहरुले नृत्य, गीत, साथै हाक्पारे , पालामहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरन्जन दिलाएका थिए भने राफल ड्र र अन्य विविध मनोरन्जनात्मक खेलहरुले कार्यक्रममा थप मनोरन्जन प्रदान गरेको थियो।

सिसेक्पा तङ्गनामको धन नाचमा प्रथम हुने आशफोर्ड शाखाका कलाकारहरुलाई किरात याक्थुङ चुम्लुङ युकेले प्रदान गरेको प्रशंसा पत्र शाखाका अध्यक्षले वितरण गरेका थिए। कार्यक्रममा स्थानीय भान्सा घरले स्वादिष्ट नेपाली परिकारहरुको र हिमालय मिनी स्टोरले पेय पदार्थको व्यवस्था गरेको थियो।

शाखाका सचिव दिवस थोप्रा लिम्बू र उपाध्यक्ष काजी साम्यु लिम्बूले औपचारिक कार्यक्रम र सांस्कृतिक सचिव सकुन्तला नेम्बाङ्ग लिम्बू र सचिव विजय लिम्बूले सांस्कृतिक कार्यक्रम संयुक्त रुपमा संचालन गरेका थिए। कार्यक्रमको अन्त्यमा फ्लोर कक्टेल डान्सको लागि खुल्ला छाडिएको थियो। डिजे बिसी राईले उपस्थित सबैलाई रातको ११ बजेसम्म नचाएका थिए।





Comments

comments

Leave a Reply

9606