Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेशपायल र मिस डेनमार्क जेसिकाबीच जम्काभेट…

एचकेनेपाल डट कम संवाददाता –
मेघा स्टार राई इज किङ याने कि राजेशपायल आफ्नो सांगीतिक भ्रमणको क्रममा हाल युरोपमा छन्।

आफ्नो सांगीतिक भ्रमण तताइरहेका यी गायकले यसै हप्ता मिस डेनमार्क जेसिकालाई पनि भेटे। यो अवसर मिलाई दिने व्यक्ति चाहि डेनमार्कमै अध्ययन गरिरहेका विद्यार्थी तथा स्थानीय गायक राजमान तामाङ हुन्।

भेटको क्रममा राजेशले आफ्नो देश नेपाल रहेको र हालसालै मात्र महाभूकम्पले थलो परिरहेको नेपाललाई छिमेकी राष्ट्र भारतले नाकाबन्दी गरेर झन् सास्ती खिपिरहेको जानकारी दिए। साथै नेपाल भगवान गौतम बुद्ध र विश्वको सर्वोच्च शिखर नेपाल भएको पनि बताए।

भेटपछि मिस डेनमार्क जेसिकाले डेनिस भाषामा गीत गाउन अनुरोध गरिन् भने पायलले डेनमार्कका संगीतकारहरु सम्पर्कमा रहे त्यो असम्भव नरहेको बताए।

राईले यसभन्दा अगाडि हलिउड अभिनेत्री डेमी मुरसंग पनि भेटघाट गरिसकेका छन्।

अब उनको २२ तारिख नोभेम्बरमा कोपेनहेगनमा भव्य कार्यक्रम हुने कार्यक्रमका संयोजक जितेन कार्कीले बताए।


तस्वीरमा डेमी मुरसंग गायक।





Comments

comments

Leave a Reply

9608