नाकाबन्दीबिरुद्ध व्हाइट हाउस अगाडि व्यापक विरोध प्रदर्शन गरिने

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। भारतले गरेको नाकाबन्दीविरुद्ध सशक्त तथा योजनाबद्ध रुपमा अघोषित नाकाबन्दीबिरुद्ध आवाज उठाउने अभिप्रायले डिसी महानगर क्षेत्रमा बिभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्वयम सेवकहरुको बसेको बैठकले महत्वपूर्ण निर्णय गर्नुका साथ डिसी बिरोध एकता योजना समिति गठन गरेको छ।

डिसी बिरोध एकता योजना समितिको पहलमा आगामी नोभेम्बर २२ तारिख वाशिंगटन डिसीस्थित व्हाइट हाउस अगाडि व्यापक बिरोध प्रदर्शनी गर्ने निर्णय भएको छ।

चार घण्टासम्म बसेको बिशेष भेलामा १० बुँदामा केन्द्रित भै छलफल हुनुका साथै सर्बसम्मति तथा पूर्ण प्रजातान्त्रिक रुपले सबै १० बुँदालाई पारित भेलाले गरेको उक्त समितिका सदस्य तथा मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीका नगर उपप्रमुख किरण सिटौलाले बताए।

भेलामा डिसी महानगर क्षेत्रका ३५ जना विभिन्न संघ तथा संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकहरुको उपस्थितिमा उप समिति समेत निर्माण गरि नाकाबन्दीबिरुद्ध बिबिध कामको जिम्मेबार प्रदान गरिएको छ।

नेपालीहरुले भोगिरहेका अघोषित नाकाबन्दीले दुख र पीडा पाईरहेका नेपालीहरुको लागि भारतले गरेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहन बिपरित रहेकोले त्यो खोल्न दबाब दिने तथा भारतीय सरकारप्रति एक जुट भै बिरोध जनाउने भएको छ।

यसको लागि अमेरिका भर रहेका सबै संघ/संस्था तथा सबैमा ऐक्यबद्धता जनाउन अनुरोधका साथ आगामी नोभेम्वर २२ तारिखमा ह्वाईट हाउस अगाडि बिरोध जुलुसमा सहभागी हुन् आग्रह समेत समितिले गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9610