Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विद्यार्थीले यसरी बनाए हावाबाट चल्ने रिक्सा

पथरी, मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन्। इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन्।

हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौँ ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन्।

नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए। उनले भने-“डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ।”

विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो। यसको लागत एक लाख २५ हजार रहेको छ।

मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा. सुभास पोखरेलले भने-“राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ।” (रासस)





Comments

comments

Leave a Reply

9615