वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको पहलमा मुलुकको कुल खपतको करिब एकतिहाइ इन्धन चीनबाट दीर्घकालसम्म आउने पक्का भएको छ।
स्रोतका अनुसार मन्त्री पुनले सोमबार चिनियाँ अधिकारीसँग भेटेर दीर्घकालसम्म एकतिहाइ इन्धन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पुन प्रधानमन्त्री ओलीको पत्र बोकेर चीन गएका थिए।
नेपाललाई तेल बेच्न तयार चीनले नेपाल सरकारबाट दीर्घकालसम्म तेल किन्ने प्रतिबद्धता खोजेको थियो। मन्त्री पुन चीन पुगेर दीर्घकालसम्म एक तिहाइ इन्धन खरिद गर्ने प्रतिबद्धता जनाएपछि चिनियाँ सरकारले सोमबार नै आयल निगमलाई इमेलमार्फत इन्धन खरिद सम्झौता गर्न बेइजिङ बोलाएको छ। चीनले हप्ता दिनभित्रै नेपाललाई इन्धन निर्यात गर्ने प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ। नयाँपत्रिका दैनिकमा खबर छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)