MTR ले क्रिसमस र न्यु इयर ईभमा रातभर रेल सेवा प्रदान गर्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ डिसेम्बर। एमटीआरले आज आइतवार क्रिसमसको पूर्वसन्ध्या र नयाँ वर्षको पूर्वसन्ध्यामा रातभर रेल सेवाहरू प्रदान गर्ने भएको छ।

फाइल तस्विर

तर, एयरपोर्ट एक्सप्रेस, डिज्नील्याण्ड रिसोर्ट लाइन र लो वु र लोक मा चाउ स्टेशनहरूमा भने यो सेवा उपलव्ध हुने छैन।

505, 507, 610, 614P, 615P, 706 र 751 सहित सात (एलआरटी) लाइट रेल मार्गहरू पनि रातभर सञ्चालन हुनेछन्।

तीनवटा बस रुटहरूमा – 506, K51 र K54 ले विस्तारित सेवा सञ्चालन गर्ने छन्।

जनवरी 1 सम्म विभिन्न अवधिहरूमा एयरपोर्ट एक्सप्रेस बाहेक सबै लाइनहरूमा थप रेल सेवा बढाइने एमटीआरले जनाएको छ।

“उत्सव गतिविधिहरूलाई ध्यानमा राख्दै स्टेशनहरूमा भीड व्यवस्थापनका उपायहरू लागू गर्न सकिने बताउंदै नवीनतम सेवा अद्यावधिकहरूमा ध्यान दिन एमटीआरले आग्रह गरेको छ।

त्यस्तै,, KMB ले 22 रुटहरूमा क्रिसमस इभ, क्रिसमस डे, र नयाँ वर्षको पूर्वसन्ध्यामा सेवा समय समायोजन गरेर र थप सेवाहरू विस्तार गर्ने जनाएको छ। थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।





Comments

comments

96361