रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा दश सदस्यीय सल्लाहकार समिति गठन

नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। कोलोराडोमा सक्रिय नेपालीहरुको जेठो सामाजिक संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितिको बैठकले दश सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

यसरी संस्थाको कार्यसमितिको बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरुमा नारायण श्रेष्ठ, पुरुषोत्तम पाण्डे, पदम बिश्वकर्मा, बिनोद त्रीपाठी, निलम श्रेष्ठ, टिका सिटौला, कुमारजंग कार्की, प्रेमकाजी श्रेष्ठ, ओम पकुवाल, शेनुप्रसाद तीवारी रहेका छन्।

कोलोराडोको नेपाली समुदायमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउनु हुने समाजसेवी महानुभावहरुलाई संगटेर सल्लाहकार समिति चयन गरिएको संस्थाका अध्यक्ष अर्जुन बगालेले बताएका छन्।

संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृति संरक्षण र पहिचाहनको लागि बडादशैं, नेपाली नयांबर्षलगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ। त्यसै गरी संस्थाले नेपाल र नेपालीको पहिचाहनको लागि नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितको र सहयोगको लागि स्थानीय सरकारसंग सम्न्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग समन्वय गरि सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ।





Comments

comments

96542