Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चीनले मागेजति इन्धन दिने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनले मागेजति इन्धन दिने

नेपालका लागि आवश्यक पुरै इन्धन बिक्रि गर्न चीन तयार भएको छ। हालै चीन भ्रमणबाट फर्केका आपूर्तिमन्त्री गणेशमान पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको वताएका हुन्।

‘इन्धन ढुवानीबारे व्यापारिक सम्झौतापछि चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ। तर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने, ‘समस्या समाधन गर्न पूर्वाधार र पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउने छौं।’

दीर्घकालीन रूपमा समस्या समाधान गर्न पाइपलाइन अत्यावश्यक रहेको उनले बताए। ‘पाइपलाइनबाट इन्धन ढुवानी गर्ने सम्भावना छ। मन्त्रालयको योजना पनि छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा त्यो चाहिन्छ ।’ अनौपचारिक भ्रमणको क्रममा चीन सरकारबीच अनौपचारिक छलफल भएको उनले बताए। कान्तिपुर दैनिकमा खबर छ।

‘छलफलको क्रममा राम्रो वातावरण निर्माण भएको छ,’ मन्त्री पुनले भने। उनका अनुसार चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ। आयात गर्दा केही कठिनाइ र चुनौती भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ।





Comments

comments

Leave a Reply

9648