Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ढुकेर बसेका मोर्चा कार्यकर्ताले सांसद साहलाई कालोमोसो दले

नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष एवं सांसद हरिचण साहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कालोमोसो दली उनी चढेको गाडी तोडफोड गरिदिएका छन्।

सदरमुकाम गौरको रेडियो संस्कृतिका मधेस बहस भन्ने कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किंदै गर्दा एफएम परिसर बाहिर ढुकेर बसेका मोर्चा कार्यकर्ताले सांसद साहलाई नियन्त्रणमा लिई आक्रमण गरेका हुन्।

उनी चढेको बा ५च ३८४४ नम्बरको गाडी मोर्चा कार्यकर्ताले फुटाएको समाचार नागरिक दैनिकमा छ।

जानकारी पाउनासाथ घटनास्थल प्रहरी घटनास्थल पुगेको थियो। त्यो भन्दा अगाडि नै आक्रमणमा संलग्न मोर्चा कार्यकर्ता भागिसकेको प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए।

फोटोः @prakashujyalo





Comments

comments

Leave a Reply

9664