Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अरु देशबाट इन्धन ल्याउन खोजेको भन्दै नेपालसंग भारत रुष्ट

काठमाडौं – भारतले चीन र बंगलादेशबाट इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ ।

‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेस आन्दोलन हल गर्नतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएका हुन्।

आफूअनुकुल नेपालमा संविधान जारी नभएकामा आक्रोसित भारतले दुई महिनादेखि नाकाबन्दी लादेपछि नेपालले चीनसँग इन्धन सम्झौता गर्न लागेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। चीन र नेपालबीच नेपालमा व्यावसायिक इन्धन ल्याउनेबारे फ्रेमवर्क समझदारीमा हस्ताक्षर गरिएको थियो।





Comments

comments

Leave a Reply

9667