Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार

काठमाडौं – ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै सामूहिक बलात्कार भएको छ। बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

इन्धनका लागि लाइनमा राखिएका बा१ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो। प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ। एकजना फरार छन्।

युवतीसँग एक युवकको चिनजान भएकाले उनले बसभित्रै बोलाएका थिए। सुरुमा ती युवतीले युवकसँग असहमतिमै यौनसम्बन्ध राखेकी थिइन्। तर पछि युवकले साथीहरु समेत बोलाएर आफूमाथि जवर्जस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाइ छ। पीडित युवती विवाहित हुन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9669