Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय नाकाबन्दीको विरोधमा जर्मनीमा प्रर्दशन, दूताबासलाई बुझाइयो ज्ञापनपत्र

एचकेनेपाल डट कम –
बर्लिन, भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायले विरोध जनाएका छन।

अघोषित नाकावन्दीको विरोधमा नेपाली जनसमुदायले विहीबार बर्लिनस्थित भारतीय राजदूतावासअघि प्रर्दशन गरेका हुन्। गैरआवासीय नेपाली संघ जर्मनीको संयोजकत्वमा आयोजना गरिएको विरोध कार्यक्रममा, जर्मनीका विभिन्न शहरबाट सय भन्दा बढी नेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीता जनाएका थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ जर्मनी र अन्य उपस्थित सबै द्वारा हस्ताक्षरित विरोध पत्र भारतीय दूताबासलाई हस्तान्तरण गरिएको थियो। प्रर्दशनकारीहरुले मोदी स्टप इलिगल बल्केज इन नेपाल, नेइवर हेल्प नट हर्ट, मोदी इज अगेनिष्ट अफ ह्युमन राइट्स, डोइङ बल्केज इन नेपाल जस्ता नाका वन्दीको विरोधमा लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन गरेका थिए। प्रर्दशनकारीहरुले अघोषित नाकावन्दी तत्काल फिर्ता गरिनुपर्ने र नेपाल र भारतबिच मित्रतापूर्ण सम्बन्ध कायम गरिनुपर्ने माग राख्दै नारावाजी गरेका थिए।

विरोध कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जिवा लामिछाने, संरक्षक दिल बहादुर गुरुङ, आइसिसीका उपाध्य कुमार पन्त, सल्लाहकार पुष्प थापा, नेपाली जनसम्पर्क समितीका सभापति विजय मोत्तान, विद्यार्थीका तर्फबाट विजय गिरी लगायतले विरोध मन्तव्य राखेका थिए। यस्तै विरोध सभामा ऐक्यवद्धता जाहेर गर्दै जर्मनहरुको तर्फबाट डा. मेल्मा मोरले आफ्नो भनाई राखेका थिइन्।

विरोध सभाको सञ्चालन गैरआवासीय नेपाली संघका अध्यक्ष नवराज रोस्याराले गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा एनआरएन एलसिसी बर्लिनका संयोजक राजेश सुनारले धन्यवाद ज्ञापन गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

9671