Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनडब्लुजीएन क्यालिफोर्नियाद्वारा पर्वतारोही महिला टोलीलाई आर्थिक सहयोग

विजय थापा / एचकेनेपाल डट कम-
साउन २८,भर्जिनिया। अमेरिकाको क्यालिफोर्नियाको बर्कलीमा गत अगष्ट १० तारिख नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफोर्निया शाखाको पहलमा सात शिखर पर्वतारोही महिला टोलीलाई आर्थिक सहयोग जुटाएको छ। एक कार्यक्रममा करिव पांच लाख नेपाली रुपैया($५,१४५ डलर)भन्दा बढी संकलन गरिएको एनडब्लुजीएन क्यालिफोर्निया शाखाकी अध्यक्ष बिष्णु गुरुङ “एकता “ले बताएकी छन्।

संस्थाकी अध्यक्ष बिष्णु गुरुङ “एकता” को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आरोही डा. अर्लेन ब्लुम तथा बिशेष अतिथिमा बरिष्ठ समाजसेवी ओल्गा मुर्री रहेका थिए। कार्यक्रममा बे-क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरु, बरिष्ट समाजसेवीहरु, लगायत लस एन्जलसका अतिथिहरु, सम्प्रेषण टोली तथा समाजका सदस्यहरुको सहयोगको कारण छोटो समयमा तय गरिएको कार्यक्रम सफल भएको अध्यक्ष गुरुङले बताईन्।

सिन्धुपलान्चोक पहिरोमा दिबंगत हुनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि साथ मौन धारण गरि कार्यक्रमको शुरुवात भएको थियो। सात शिखर पर्वतारोही टोलीको स्वगार्थ आयोजक टोलस् सप्तरंगी सारीमा सजिएका थिए भने नेपाली सेलरोटी खुवाईएको थियो ल माया गुरुङ र पेमा डिकी शेर्पाले सेभेन समिट वुमेन टिमका उद्देश्य, अनुभव र आर्थिक सहयोगको बारेमा आफ्ना मन्तब्य राखी सकेपछि प्रश्न उत्तर पनि राखिएको थियो।

आयोजित संस्थाबाट सात शिखर महिला पर्वतारोहीहरुलाई सामुहिक उपलब्धि पदकद्वारा सम्मान गरिएको थियो भने सम्प्रेषनका निर्माता तथा प्रस्तुतकर्ता शैलेश श्रेष्ठलाई प्रशंसा पदकद्वारा सम्मानित गरिएको थियो। प्रमुख अथिति तथा बिशेष अथितिलाई संस्थाकी सल्लाहकार शिला तिमिल्सिनाले खादा लगाई सम्मान गरेकी थिइन् भने लस एन्जेलसका अतिथिहरुलाई संस्थाकी उपाध्यक्ष गीता श्रेष्ठले खादा लगाई सम्मान गरेकी थिइन्।

केही वक्ताहरुले मन्तब्य राख्दै सात शिखर पर्वतारोही महिला टोलीलाई शुभकामना दिएका थिए। कार्यक्रम संस्थाकी महासचिब संगीता गुरुङ तथा सदस्य सुनिता सापकोटाले सयुक्त रुपमा संचालन गरेका थिए भने संस्थाकी अध्यक्ष बिष्णु गुरुङ ‘एकता’ले धन्यबाद ज्ञापन गर्नुको साथै कार्यक्रम समापन गरेकी थिइन्।





Comments

comments

973