Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेशपायलसंगै नाँचे डेनमार्कबासी (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
आफ्नो युरोप टुरको चौथो कार्यक्रम चार्लोटस्थित कोपेनहेगनमा राजेशपायलसंगै झुमे कोपेनहेगनबासी। कार्यक्रमलाई राजेशपायल म्युजिकल नाईट नाम दिएको उक्त कार्यक्रममा राजेशले २५/३० गीत गाए।

कार्यक्रममा नाई नभन्नु ल ४ को मैनाराजा मैनारानी बोलको गीतबाट गला खोलेका राईले बसमा छैन यो मनबाट कार्यक्रमको बिट मारेका थिए। राईलाई सागरसरी चोखो मायामा स्थानीय गायिका निरा थापाले साथ दिएकी थिइन् भने धरान धरान धनकुटा भेडेटारको बोलको गीतमा कुसुम दाहालले साथ दिइन्।

कार्यक्रममा राजमान तामाङ, सन्तोष लामिछाने र रबिन दाहालले रौनक थपेका थिए। कार्यक्रम सोंचेभन्दा बढी सफल भएको आयोजक जितेन्द्र कार्कीले बताए।

गायक राई भोलि बेल्जियम जाँदैछन्। उनलाई हाम्रो शुभकामना…।





Comments

comments

Leave a Reply

9733