Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय नाकाबन्दीबिरुद्ध अमेरिकी सिनेटरको चासो​

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। भारतले गरेको अघोषित नाकाबन्दी र अमानवीय ब्यबहारबिरुद्ध म्यारिल्याण्ड राज्यका सिनेटर बेन्जामिन एल कारडीले चासो व्यक्त गरेका छन्।

नेपालीले गरेको बिरोध प्रदर्शनमा कारडीनलाई बक्ताको रुपमा आमन्त्रित गरेता पनि काम बिशेष कारण आफू सहभागी हुन नसके पनि नेपाल र नेपालीको हितको लागि समर्थन गर्ने पत्रमार्फत जानकारी गराएका छन्।

उनले आफ्नो पत्रमा हालसालै सयुक्त राष्ट्र संघले नेपालले भोगी रहेको डरलाग्दो मानवीय संकटको बारेमा चेतावनी दिएको कुराको संस्मरण गराएका छन्। उनले पत्रमा नेपाल भूकम्पको प्रभाबले आक्रान्तबाट मुक्त भै नसकेको अवस्थामा हाल आएर खान पकाउने इन्धन, खानेकुरा, ओखतिको चरम अभाव तथा राजनैतिक झगडाको कारण हुन गएको तथा बिद्यालय बन्द जस्ता बिषयमा तुरुन्तै समाधान खोज्नु पर्नेमा जोड दिएका छन्।

तराई क्षेत्रमा झन्डै १५ लाख बालबालिका विद्यालय जान बन्चित भएको सयुक्त राष्ट्र संघ बालकोषले उद्धृत गरेको उनको पत्रमा उल्लेख गर्दै युवाहरु नेपालको भबिष्य निर्माण गर्ने काममा अहम भूमिका निर्वाह गर्ने छन् भनि बताएका छन्।

यसको साथै आफूले संसदमा नेपालको पुनर्निर्माणमा सहयोग गर्ने हेतुले नेपाल पुनर्निर्माण कानुनको सुरुवात गरि सकेको बताएका छन्। आफू र सिनेटर मार्क किर्क नेपालको पुनर्संरचना बिद्यालय ,बाटोघाटो तथा भविष्यमा प्राकृतिक प्रकोपबाट अपनाउनु पर्ने साबधान सम्बन्धि आदिमा समर्थन गर्ने र सहयोग गर्ने बताएका छन्।

सिनेटर बेन्जामिनले नेपालको सिमा क्षेत्रमा भइरहेको समस्याको कारणले भूकम्पको प्रभावबाट अवस्थामा गुज्रिएको देशमा खान,आश्रय तथा अौषधी जस्ता चिजमा तुरुन्तै चाजो मिलाउनु पर्ने पत्रमा उल्लेख गरेका छन्। मानवीय सहयोग तथा आवश्यक सामग्री नेपाल भित्रिनु पर्छ भनि पत्रमा लेखेका छन्।





Comments

comments

Leave a Reply

9745