Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अब ५ दिनमै राहदानी बन्ने

द्रुत सेवाअन्तर्गत राहदानी विभागले ५ दिनमै राहदानी उपलब्ध गराउने भएको छ।

हालसम्म करिब ३९ लाख एमआरपी वितरण भइसकेको छ। महानिर्देशक थापाका अनुसार प्रत्यक्ष दर्ता प्रणाली सर्वसाधारणका लागि एक सातापछि खुल्ला गरिने भएको छ। पहिलो चरणमा आवेदनको व्यवस्था खुला राखिए पनि एक महिनापछि हटाइने उनले जानकारी दिए। प्रत्यक्ष दर्ताका लागि विभागमा ९ र नियोगहरूमा ४१ वटा केन्द्र राखिने छन्।

सरकारले उक्त प्रणाली २ वर्षयता लागू गर्ने तयारी गरिरहेको थियो । मलेसिया, साउदी अरब -रियाध र जेद्दा), कुवेत, कतार, यूएई, अमेरिका -वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा नयाँ प्रणाली सुरु हुनेछ। नयाँ टेन्डरबाट लागू गर्ने भनिए पनि समय अभाव र पुरानो सम्झौताको उल्झनका कारण अन्तरिम व्यवस्था र परीक्षणका लागि भन्दै ओबर्थरलाई दिइएको हो। सरकारसँग भएको सहमतिअनुसार ओबर्थरले प्रत्यक्ष दर्ताबाट २५ लाख थप राहदानी छाप्ने जिम्मा पाएको खबर कान्तिपुर दैनिकमा छ।

अत्यावश्यक देखिएका पृष्ठ बढाउनेतर्फ भने सरकारले कुनै पहल गरेको छैन । प्राविधिक सहजता मात्र नहेरी हरेक जिल्लामा प्रत्यक्ष दर्ता प्रणाली पुर्‍याउनुपर्ने सुझाव सर्वसाधारणबाट आएको छ । हाल करिब ५० हजार जनासँग मात्र हस्तलिखित राहदानी रहेको विभागले जनाएको छ।





Comments

comments

Leave a Reply

9739