Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्ने सुरक्षा अधिकारीलाई निलम्बन गरिएको छ।

अन्य विकल्पहरूको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।

शनिबार संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को छैटौं राष्ट्रिय टे«ड युनियन सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी त्यो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए। प्रधानमन्त्री दाहालसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई निलम्बन गरिएको जनाइएको छ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा दुई जनाको ज्यान गएको थियो। त्यस्तै, मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो।

कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो।

प्रधानमन्त्री दाहालले यो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताए। उनले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई लगायत सुरक्षा अङ्गका प्रमुखसँग घटनाबारे जानकारी लिएको बताए। घटनाका विषयमा सत्ता साझेदार दलसँग पनि छलफल गरिएको दाहालको भनाइ थियो।

(रासस)





Comments

comments

97432